नेपालमा लक्षित जनसंख्याको ३२.६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा अहिलेसम्म ३२.६ प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ६४ लाख ८५ हजार ९२३ जनाले खोपका पूर्ण मात्रा लगाएका हुन् । 

नेपालमा १८ वर्ष भन्दा माथिका ४३.६ प्रतिशत जनसंख्याले खोपको पहिलो मात्रा लगाइसकेका छन् । जुन ८५ लाख ६२ हजार ३६५ जना हुन आउँछ । कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । 

केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार रहेको कूल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जनाको २१.४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । भने २८.२ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । 

खोप अभियान सुरू भएदेखि अहिलेसम्म १ करोड ५० लाख ४८ हजार २८८ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । 

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका (जापानी कोभिड १९ एस्ट्राजेनिका र स्वीडिस एस्ट्राजेनिका) र जोनसन एण्ड जोनसन खोप प्रयोग भइरहेको छ । 



सररकारले दशैंअघिसम्म लक्षित जनसंख्याको एक तिहाईलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो ।



  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार ११:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया