नेपाल फर्किन्नँ भनेका प्रशिक्षक अल्मुताइरी नेपाली फुटबलबारे छलफल गर्दै

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपको फाइनल अगाडि नै आफूले राजीनामा दिने बताएका थिए । 

फाइनलपछि उनले आफू नेपाल नफर्किने मात्र बताएनन्, आफू कसैको नोकर नभएको विवादास्पद अभिव्यक्ति पनि दिएका थिए ।

त्यसपछि उनी नेपाली फुटबलबारे खासै चिन्तित नहोलान् भन्ने धेरैले अनुमान पनि गरेका थिए ।

तर, नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मछिरी शेर्पाले बुधबार एउटा तस्वीर सार्वजनिक गरेका छन् । उनले अल्मुताइरीसँगको तस्वीरमा नेपालको फुटबलको विषयमा छलफल गर्दै भन्ने लेखेका छन् ।

यसले अल्मुताइरीले यसअघि बारम्बार राजीनामा दिने घोषणा गरेर स्टन्टबाजी मात्र गरेको भन्नेहरुलाई टेवा पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १३:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया