नाकबाट रगत आउने समस्या छ ? नरिवल खानुहाेस्

एजेन्सी– साधारणतया नरिवलको प्रयोग पूजापाठका लागि गरिन्छ । तर तपाईंलाई थाहा नहुन सक्छ नरिवलका अनेक फाइदा छन् । नरिवलको एक टुक्राले मानिसको जीवनमा धेरै फाइदा लिन सकिन्छ ।

नरिवलको सेचनले शक्ति प्रदान गर्नुका साथ दिमागलाई पनि तेजिलो बनाउने काम गर्दछ । नरिवलमा भिटामिन, कार्बोहाडड्रेड तथा प्रोटिन पर्याप्त पाइन्छ । गर्मी महिनामा नरिवलको पानी पिउनाले शरीरलाई चिसो बनाउँछ ।

यसका फाइदा हुन्ः 

पेट सफा बनाउँछ

तपाईको पेटमा कब्जियतको समस्या छ भने एक टुक्रा नरिवलको सेवनले तपाईंको पेट सफा हुन्छ ।

नाकबाट रगत आउने समस्या हटाँउछ



गर्मी महिनामा नाकबाट रगत आउने समस्या छ भने नरिवल र मिस्री एक साथ मिलाएर खानाले यो समस्या टाढा रहन्छ । 

उल्टी हुँदैन 



नरिवलको एक टुक्रा महमा राखेर खानाले उल्टी हुने समस्यालाई हटाउने गर्दछ । 

छाला सफा गर्छ

गर्मी महिनामा घाममा हिँड्दा पहिल्लै नरिवलको तेल लगाउनुहोस्,जसले छाला तथा स्कीनलाई सफा गर्दछ । नरिवल पानीले अनुहार धुँदा डन्डीफोर तथा घाउ खटिरा निको हुन्छ ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २२:३६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया