केपी ओलीसँग गाँसिएको करिश्माको चर्चा

पछिल्लो केही समययता अभिनेत्री करिश्मा मानन्धर चर्चाको केन्द्रमा छिन् । यस पटकको उनको चर्चा कला क्षेत्र र अभिनयसँग जोडिएर भएको छैन । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएर उनकाे चर्चा भइरहेको छ ।

करिश्माले ओलीसँग आफ्नो सम्बन्ध राम्रो रहेको कुरा स्थापित गर्न खोजिरहेकी छन् । गत महिना मात्रै कक्षा १२ को परीक्षा दिएकी करिश्माले परीक्षा लगत्तै फोनको स्क्रिनसर्ट राख्दै ‌ओलीले आफूलाई शुभकामना दिएको बताइन् । उक्त स्क्रिनसर्टमा फोन करिश्माले गरेको देखियो । करिश्माको चौतर्फी विरोध भयो ।

केही दिनअघि उनले पुनः फोनको स्क्रिनसर्ट राख्दै लेखिन्,‘बा यत्तिकै भएको होइन रहेछ ।’ पुनः सामाजिक सञ्जालका प्रयोगकर्ताले करिश्माको खिल्ली उडाए । कतिपयले करिश्माको मानसिक सन्तुलन ठिक नभएको समेत लेख्न भ्याए । त्यसपछि करिश्माले लेखिन, ‘कोही राजनीतिक व्यतित्वले कुनै क्षेत्रका व्यक्तिलाई सराहना गर्नु राम्रो संस्कार हो । यो हाँस्ने कुरा होइन । उहाँलाई अवश्य भेट्नेछु ।’

करिश्माको लगातारको पोस्टलाई लिएर सामाजिक सञ्जालका प्रयोगकर्ताले विभिन्न कोणमा बहस गरिरहेका छन् । कतिपयले करिश्माको एमाले प्रवेशको तयारी भनेर विश्लेषण गरिरहेका बेला बुधबार करिश्माले ओलीसँग भेट गरेकी छन् । उनले ओलीसँगका भेटका तस्बिर सामाजिक सञ्जालमा पनि राखेकी छन् ।

ओलीसँगका तस्बिर पोस्ट गर्दै करिश्माले लेखेकी छन्, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको विचार सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्वका साथ लिनुभएकोमा  र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय केपी ओलीज्यूलाई धेरै धन्यवाद ।’ 

यो भेटमा कोमल वली र अर्का कलाकार जीतु नेपालमा पनि साथमा देखिएका छन् ।  



ओलीले आफूलाई सामान्य भेटघाटका लागि बोलाएको करिश्माले जनाएकी छन् । ओलीसँगको भेटमा राजनीतिकभन्दा पनि सामाजिक र फिल्म क्षेत्रका बारेमा कुराकानी गरेको उनी बताउँछिन्। 

करिश्माको यो भेटलाई लिएर धेरैले उनले एमालेमा प्रवेश गर्न लागेको अड्कल काट्न थालेका छन् ।
 
डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको स्थापना कालदेखि नै राजनीतिमा सक्रिय रहेकी करिश्माले केही समयअघि मात्रै आफूलाई राजनीतिबाट अलग रहेको घोषणा गरेकी थिइन् । 



नेपालको राजनीति बुझ्न निक्कै कठिन रहेको बताउँदै राजनीतिबाट अलग भएकी करिश्मा पुनः राजनीतिमा उदाउन सक्ने सम्भावना कत्तिको छ, त्यो भने भोलिको समयले नै देखाउने छ ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १४:२७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया