फिफा वरीयतामा १ स्थान खस्कियो नेपाल

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ पुरुष वरीयतामा नेपालको स्थान खस्किएको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान खस्किएको हो । नेपालले ९७२.४५ अंक प्राप्त गरेको छ ।

नेपाल नयाँ वरीयतामा १६९औं स्थानमा छ । उ अघिल्लो वरीयतामा १६८ औं स्थानमा थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत १०६औं र माल्दिभ्स १५६औं स्थानमा छन् ।

नेपालभन्दा बंगलादेश १८७, भुटान १८६, पाकिस्तान १९७ र श्रीलंका २०४ औं स्थानमा छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । ब्राजिल, फ्रान्स,  इटाली, इंग्ल्यान्ड, अर्जेन्टिना, स्पेन, पोर्चुगल, मेक्सिको र डेनमार्क क्रमश: दोस्रो देखि दशौं स्थानमा छन् । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १५:५१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया