नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले केपी ओली प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश गलत भएको भन्दै कांग्रेस सरकारले ल्याएको अध्यादेश सही भएको दाबी गरेका छन् ।
प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेपछि कांग्रेस संसदीय दलको नेताको हैसियतले बोल्दै बानियाँले अहिलेको सरकारले ल्याएको अध्यादेश अनिवार्य र सही भएको बताएका हुन् ।
उनले कांग्रेस गठबन्धनको संस्कारभित्र रहेको बताउँदै अब आउने निर्वाचनसम्म गठबन्धनसम्म रहने बताए । सरकार बनाउन गठबन्धन तयारी अवस्थामा रहेकोले मार्गप्रशस्त गरिदिन उनले मुख्यमन्त्री शाक्यलाई आग्रह गरेका छन् ।
गठबन्धन सरकारले चुनाव गराएपछि मात्रै होस खुल्ने भन्दै उनले शाक्यलाई विश्वासको मत दिन नसक्ने बताए ।
उनले कम्युनिस्टको दम्भ र हुइयाँ नटिकेको भन्दै व्यंग्य समेत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।