बेलायतमा एकैदिन ५० हजारभन्दा धेरै संक्रमित

बेलायतमा एकैदिन ५० हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा थप ५२ हजार ९ जनामा कोरोना संक्रमण देखिएको हो । 

बितेका ८ दिनमा बेलायतमा दैनिक ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि हुँदै आएको थियो । 

हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या ८६ लाख ४१ हजार २२१ पुगेको छ । 

यसैगरी थप ११५ जनाले ज्यान गुमाएका छन् । यससँगै बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १४६ पुगेको छ ।

अफिस फर नेशनल स्टेटिक्सिसका अनुसार बेलायतमा हालसम्म १ लाख ६२ हजार ६२० जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । 

बेलायतका स्वास्थ्य सचिव साजिद जाविदले कोरोना भाइरस अझै पनि पूर्ण रूपमा समाप्त नभएको बताउँदै भविष्यमा एकैदिनमा करिब १ लाखभन्दा धेरैमा संक्रमण देखिनसक्ने चेतावनी दिएका छन् ।



बेलायतमा हालसम्म ७९ प्रतिशतले पूरा भ्याक्सिन लगाएका छन् भने ८६ प्रतिशतभन्दा धेरैले पहिलो डोज लगाएका छन् । 



  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार ७:२६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया