आज ७०८ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्‍यु

गत २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साढे ९ हजारमा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ८ लाख ८ हजार ९६ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ । 

मन्त्रालयका अनुसार आज ९३२ जना डिस्चार्ज भएका छन् । योसहित ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।   

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १६:२१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया