विवादको घेरामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा!

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पछिल्लो समय विवादको घेरामा तानिँदै गएका छन् । कतिसम्म भने पछिल्ला दिनमा कानुन व्यावसायी तथा यसका जानकारहरु अब उनको राजीनामा माग्न समेत लागिपरेका छन् ।
 

पूर्वन्यायाधीश फोरमले उनको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै विज्ञप्ति निकालिसकेको छ ।

पछिल्लो समय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीमा आफूलाई पनि कोटा चाहिएको बताउन थालेपछि उनी विवादको केन्द्रमा घेरिएका हुन् ।
 

पूर्वन्यायाधीश फोरमले पनि मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशलाई पनि कोटा चाहिएको विषयमा समाचार आएको भन्दै यसले उनको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको जनाएको हो ।

यसअघि प्रधानन्यायाधीश जबराको कोटामा उद्योगमन्त्री बनेका गजेन्द्र हमालले व्यापक आलोचना भएपछि राजीनामा दिइसकेका छन् । तर, प्रधानन्यायाधीश जबराले यस विषयमा खण्डन गरिसकेका छन् ।

पछिल्ला केही दिन यता उनले आफू विवादमा तानिन थालेपछि आफ्नो सक्रियता पनि बढाएका छन् । दशैंअगाडि मात्रै उनले आफूभन्दा अगाडिका पूर्वप्रधानन्यायाधीशहरुलाई भेटेको तथ्य पनि बाहिरिएको छ । 



त्यस्तै बुधबार मात्रै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।

व्यापक विवाद भएपछि उद्योगमन्त्रीबाट हमालले राजीनामा दिएपछि पनि प्रधानन्यायाधीश जबराले राजदूतमा आफ्ना मान्छे पठाउन खोजेको आरोप उनीमाथि लागेको छ ।



  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार २१:३२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया