बेवारिसे बम विष्फाेट हुँदा घाँस काट्न गएका दुई जना घाइते

सुर्खेतमा बेवारिसे बम विष्फाेट हुँदा घाँस काट्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा गुराँस गाउँपालिका-६ जहरे दैलेखका लिला नेपाली र उनका भाइ नरेश परियार छन् । 

उनीहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता माधव श्रेष्ठले जनाए । 

दुबै जनाको अवस्था सामान्य छ । वीरेन्द्रनगर-७ इत्रामा बस्दै आएका उनीहरू आज बिहान घाँस लिन कट्कुवा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १४:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया