टि–२० विश्वकप : अस्ट्रेलियाको विजयी सुरुवात

आइसिसी पुरुष टी–२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । उसले सुपर १२को समूह ‘ए’अन्तर्गत शनिबार भएकोे खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो ।

११९ रनको सामान्य विजयी लक्ष्य अस्ट्रेलियाले २ बल बाँकी रहँदा ५ विकेट गुमाएर पुरा गर्यो ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ३५ रनको योगदान दिए । १४.५ ओभरमा एनरिच नोर्खियाले एडियन मार्करमबाट क्याच गराउनुअघि उनले ३४ बलमा ३ चौका प्रहार गरे ।

मार्कुस स्टोनिस २४ रनमा अविजित रहँदा ग्लेन म्याक्सवेलले १८ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका एनरिच नोर्खियाले २,कागिसो रावडा र केशव महाराज र ताबरेज शाम्सीले १–१ विकेट हात पारे । 

यसअघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि एडियन मार्करमले सर्वाधिक ४० रनको योगदान दिए । १७.१ ओभरमा मिचेल स्टार्चले ग्लेन म्याक्वेलबाट क्याच गराउनुअघि उनले ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।



कागिसो रावडाले अविजित १९ रन बनाउँदा डेविड मिलरले १६ रन जोडे । 
अस्ट्रेलियाका मिनेच स्टार्च, एडम जाम्पा र जोस हेजलउडले समान २ विकेट हात पार्दा ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

जितसँगै अस्ट्रेलियाले सुखद् सुरुवात गर्दा दक्षिण अफ्रिकाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 
 



  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १९:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया