पाकिस्तानसँगको खेलअघि विराटले भने– यो कप्तानबारे मलाई बारम्बार किन सोधिन्छ ?

टी २० विश्वकपमा आइतबार भारत र पाकिस्तानबीचको खेल हुँदैछ । शनिबार पाकिस्तानले आफ्नो प्लेइङ सेट पनि सार्वजनिक गरिसकेको छ । 

यो खेललाई भारतमा विशेष रुपमा हेरिएको छ । यो विश्वकप भारतीय कप्तान विराट कोहलीका लागि कप्तानका रुपमा अन्तिम विश्वकप पनि हो । 

यही सन्दर्भमा विराट कोहलीले एक पत्रकार सम्मेलन गरेका छन् । उनले पत्रकार सम्मेलनमा अब आफ्नो टिम खेल्नका लागि पूरै तयार भएको बताएका छन् ।

यही पत्रकार सम्मेलनमा विराटलाई पत्रकारले कप्तानीको विषयमा पनि सोधेका थिए । उनले यसमा चाहिँ आफ्नो रिस प्रकट गरे । उनले भने, ‘मैले यसअघि नै यो विषयमा आफ्नो कुरा राखिसकेको छु । एक पटक भनिसकेको कुरामा किन बारम्बार सोधिन्छ ? हामी त खेलमा ध्यान दिन खोजिरहेका छौँ ।’

उनले पाकिस्तानविरुद्धको खेल आफूहरुले जित्ने निश्चित भएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १९:३३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया