नुवाकोटमा एकैदिन ५८ कोरोना संक्रमित थपिए

नुवाकोटमा शनिबार एकै दिन कोरोनाका ५८ जना नयाँ संक्रमित थप भएका छन् । योसहित जिल्लामा सक्रिय संक्रमितको संख्या ७६ जना पुगेको छ । 

जिल्लाको विभिन्न स्थानबाट संकलन गरिएको स्वाबको त्रिशूली अस्पतालको आरडिटी, पिसिआर प्रयोगशालामा गरिएको परीक्षण र शंकास्पद लक्षणसहित उपचारका लागि सोही अस्पतालमा पुगेका बिरामीबाट संकलन गरिएको स्वाबको एन्टिजेन जाँचको नतिजामा ५८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

पछिल्लो चौबिस घण्टामा नयाँ संक्रमित थप हुनेमा विदुर नगरपालिकामा ३६ जना, किस्पाङ गाउँपालिकामा सात जना, बेलकोटगढी नपामा चार जना, सूर्यगढी, ताँदी र म्यागङमा तीन–तीनजना र तारकेश्वर गाउँपालिकामा एकजना रहेका छन् ।

प्रयोगशालामा ५९ जनाको जाँच गर्दा ५५ जना र बिरामी भएर अस्पतालमा उपचार गराउन गएका पाँचजनामा तीनजनासमेत गरेर ५८ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ । 

कोरोना संक्रमित पुष्टि हुनेमा अधिकांश जिल्ला सदरमुकाम विदुरका बासिन्दा छन् । संक्रमितमध्ये एकजनाको अवस्था गम्भीर भएसँगै त्रिशूली अस्पतालमा भर्ना गरिएको छ भने बाँकी ७५ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा घरमै आइसोलेसनमा राखिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार २१:४४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया