धारा ३७० हटाएपछि अमित शाह पहिलोपटक काश्मिरमा

भारतीय गृहमन्त्री अमित शाह तीन दिने भ्रमणका क्रममा काश्मिर पुगेका छन् ।
 
पाँच अगस्ट २०१९ मा धारा ३७० हटाएपछि शाह पहिलो पटक काश्मिर पुगेका हुन् ।

शाहको भ्रमण हालचालै काश्मिरका विद्रोहीले ११ जना आम नागरिकको हत्या गरेको बेलामा भएको छ ।  ११ जनामा पाँच प्रवासी मजदुर बाहेक काश्मिरका अल्पसंख्यक हिन्दु पनि थिए । घटनापछि प्रवासी मजदुर र काश्मिरी पन्डित काश्मिर घाटी छाडेर गएका छन् ।

शाहको यात्रा सुरु हुनुभन्दा पहिला नै काश्मिर घाटी खासगरी श्रीनगरमा सुरक्षा व्यवस्थालाई निकै कडा पारिएको छ । ठाउँठाउँमा चेक पोस्ट राखिएको छ । 

गृहमन्त्रीको भ्रमणभन्दा पहिला १८ भन्दा धेरै आतंककारी मारेको प्रहरीले जनाएको छ । भारतीय मिडियाका अनुसार काश्मिर घाटीमा पछिल्ला केही दिनमा करिब ७०० मानिसलाई गिरफ्तार गरिएको छ । 

जम्मु काश्मिरमा सन् २०१८ पछि विधानसभा चुनाव भएको छैन । २०१८ मा बिजेपी–पिडिपीको गठबन्धन सरकार बिजेपीको समर्थन फिर्ता लिएपछि गिरेको थियो ।

यद्यपि केन्द्रमा बिजेपीको सरकार बितेको तीन वर्षदेखि समय आएपछि चुनाव गराउने भन्दै आइरहेको छ ।



धारा ३७० हटाएपछि काश्मिरको राजनीतिक गतिविधि लामो समयसम्म सुनसान रह्यो । धारा हटाएपछि काश्मिरका मुख्य राजनीतिक दलका नेताहरूलाई हिरासतमा लिइएको छ । जसमध्ये तीनजना पूर्वमुख्यमन्त्री पनि रहेका छन् ।
 



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ९:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया