चीनमा फेरि कोरोना भाइरस, डेल्टा भेयिरन्ट फैलिएको आशंका

चीनमा एकपटक फेरि कोरोना भाइरसको संक्रमण पुनः फैलिएको छ । चीनमा कोरोनाको डेल्टा भेरियन्ट फैलिएको आशंका गरिएको छ । 

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले पछिल्लो एक सातामा चीनका ११ प्रान्तमा कोरोना फैलिएको जनाएको छ । 

चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरुले डेल्टा भेरियन्ट बाहिरबाट चीनमा भित्रिएको बताएका छन् ।

चीनका केही विशेषज्ञले सन् २०२० को सुरुमा वुहानमा फैलिएको संक्रमणपछिको सबैभन्दा खतरनाक साबित हुनसक्ने बताएका छन् ।

पछिल्लो एक सातामा चीनमा कोरोना संक्रमणका १३३ मामिला दर्ता भएका छन् । जसमा १०६ जना विदेशबाट आएकाहरु छन् ।

१७ अक्टोबरपछि चीनका ११ प्रान्तमा घरेलु संक्रमणका मामिला समेत बढेका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार ११:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया