अफगानिस्तानसहित तीन देशमा रहेका नेपालीको स्वास्थ्यमा एनआरएनएको चासो

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । 

एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिले एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरुको स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया गरेको हो । 

अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदुत तपास अधिकारी, मानवअधिकारकर्मी घइस गिलानी, एनआरएनए टर्कीका अध्यक्ष उज्वल घिसिङलगायतले आ–आफ्ना भनाइ राखेका थिए । 

स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा राजदुत अधिकारीले पाकिस्तानमा करिब तीन सय जना नेपालीहरु रहेको बताए । 

उनले ती मध्ये अधिकांश स्वास्थ्यसम्बन्धी अध्ययनको लागि आएका विद्यार्थी भएको र स्वास्थ्य अवस्था राम्रो रहेको बताए । उनले नेपालीहरुले समेत पाकिस्तानमा कोरोनाविरुद्धको खोप लगाउने अवसर पाएको जानकारी दिए । 

उनले पाकिस्तानमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग गर्न राजदुतावास प्रतिबद्ध रहेका बताए । 



मानवअधिकारकर्मी घइस गिलानीले अन्तरक्रियामा आफगानिस्तान र पाकिस्तानमा मानवअधिकारको अवस्था कमजोर रहेको बताए । 

उनले पाकिस्तानमा ९० प्रतिशत जनताको कोभिड–१९ बिरुद्धको खोपमा पहुँच रहेको बताए । उनले आफगानिस्तानमा भएको राजनीतिक परिवर्तनपछि नेपालीलगायत कयौं आप्रवासीहरु पाकिस्तानतर्फ पलायन भएको बताए । 



उनले तालिबानले अफगानिस्थानको सत्ता लिएपछि स्वास्थ्य तथा आर्थिक क्षेत्रमा अन्योल रहेको बताए । 

कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष घिसिङले टर्कीमा रहेका नेपालीको स्वास्थ्य  अवस्था सामान्य रहेको बताउँदै बिगत एक वर्षमा दुई जना नेपालीले आत्महत्या गरेको जानकारी दिए । 

अफगानिस्तानमा तालिबानले सत्ता कब्जामा लिएपछि १ हजारभन्दा बढी नेपालीहरुको उद्धार गरिएको भारतस्थित नेपाली दुतावासले जनाएको छ ।

दुतावासका अनुसार अहिले साढे तीन सय नेपालीहरु उद्धारको पर्खाइमा रहेका छन् भने बिभिन्न कम्पनीमा १५ सय भन्दा बढी नेपाली त्यहाँ कार्यरत छन् ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १३:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया