सन् २००७ बाट सुरु भएको पुरुष टी-२० विश्वकपमा धेरै रेकर्ड बनेका छन् । हालसम्म टी-२० विश्वकपमा ६ वटा संस्करण सम्पन्न भइसकेका छन् । जारी टी-२० विश्वकपमा १६ टोलीले सहभागिता जनाएका छन् ।
जारी संस्करणमा मात्र होइन विगत ६ सिजनमा पनि रेकर्ड बन्ने क्रम जारी थियो । केही रेकर्डले खेलाडी र टोलीलाई अगाडि उकालेको छ भने केही खराब प्रदर्शनका कारण ठूला कीर्तिमान बन्न चुकेका छन् । केही देशहरूका रेकर्ड दोहोरिए पनि प्रायः भने नयाँ रेकर्डका साथ देखिए ।
टी-२० विश्वकपमा कम रनमा अलआउट हुने टोली
नेदरल्यान्ड
नेदरल्यान्डको टी–२० विश्वकपमा खराब प्रदर्शन रहेको छ । नेदरल्यान्ड अहिलेसम्मको संस्करणमा सबैभन्दा कम रनमा समेटिने टोली हो । २०१४ को टी–२० सिरिजमा श्रीलंकासँगको खेलमा ३९ रनमा समेटिएको थियो ।
श्रीलंकाले नेदरल्यान्डलाई १०.३ ओभरमा नै अलआउट गरेको थियो । यिनै दुई टोलीले पुनः २०२१ मा एक अर्काविरुद्ध खेले । दोश्रो भेटमा श्रीलंकाले नेदरल्यान्डलाई ४४ रनमा समेट्न सफल भयो ।
यसपटक पनि नेदरल्यान्ड १० ओभरमा नै अलआउट भयो । यी दुई रेकर्ड नै टी–२० विश्वकपमा सबैभन्दा कम रनमा समेटिएको रेकर्ड हो । यो रेकर्ड भने नेदरल्यान्डले आफ्नो नाम दर्ता गराएको छ ।
वेष्ट इन्डिज
वेष्ट इन्डिज हालसम्मको टी–२० विश्वकपमा सबैभन्दा कम रन बनाउने देशको सूचीमा दोश्रो नम्बरमा रहेको छ ।
वेष्ट इन्डिज हाल जारी विश्वकपमा इङ्ल्यान्डसँगको खेलमा ५५ रनमा समेटिएको थियो । इङ्ल्यान्डसँगको खेलमा वेष्ट इन्डिज १४.२ ओभरमा ५५ रनमा समेटिएको हो ।
न्युजिल्यान्ड
टी–२० विश्वकपको इतिहासमा कम रन बनाउने सूचीको तेश्रो स्थानमा न्युजिल्यान्डको टोली आउँछ । २०१४ मा श्रीलंकासँग भएको खेलमा न्युजिल्यान्ड ६० रनमा अलआउट भएको थियो ।
न्युजिल्यान्ड १५.३ ओभरमा ६० रनमा अलआउट भएको थियो ।
आयरल्यान्ड
आयरल्यान्डको टोली टी–२० विश्वकप प्रतियोगितामा सबैभन्दा कम रनमा अलआउट हुने सूचीको चौथो स्थानमा छ ।
२०१० मा वेष्ट इन्डिजसँग भएको खेलमा आयरल्यान्ड १६.४ ओभरमा ६८ रनमा अलआउट भएको हो ।
टी-२० विश्वकपमा विशाल लक्ष्य दिने टोली
श्रीलंका
सन् २००७ मा भएको पहिलो टी–२० विश्वकपमा श्रीलंकाले २० ओभर २६१ रनको लक्ष्य दिएको थियो । जुन हालसम्मकै टी–२० विश्वकपमा सर्वाधिक ठूलो लक्ष्य हो ।
यो रेकर्ड हालसम्म कुनै पनि देशले तोड्न सकेका छैनन् । केन्यासँग भएको सो खेलमा श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रनको लक्ष्य दिएको थियो ।
इङ्ल्यान्ड
इंग्ल्यान्ड टी–२० विश्वकपको इतिहासमा दोस्रो उच्च रन बनाउने टोली हो । उसले सन् २०१६ मा भारतमा भएको विश्वकपमा १९.४ ओभरमा २३० रन बनाएको थियो ।
इङ्ल्यान्डले दक्षिण अफ्रिकासँग भएको खेलमा २३० रनको लक्ष्य १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो ।
दक्षिण अफ्रिका
यो सूचीको दोस्रो स्थानमा दक्षिण अफ्रिका हो । यो टोलीले दुई पटकसम्म टी-२० विश्वकपमा सबैभन्दा बढी रन बनाएको छ ।
दक्षिण अफ्रिकाले २००९ मा भएको खेलमा २० ओभरमा २११ रन बनाएको थियो । स्कटल्यान्डसँग भएको खेलमा ५ विकेट गुमाउँदै दक्षिण अफ्रिकाले सो खेलमा जित हात पारेको थियो ।
दोस्रोपटक भने २०१६ भारतमा भएको खेलमा २० ओभरमा ४ विकेट गुमाउँदै दक्षिण अफ्रिकाले २३० रनको लक्ष्य दिएको थियो । सो लक्ष्य उसले इंग्ल्याण्डविरुद्ध बनाएको थियो ।
भारत
टी–२० विश्वकपमा सर्वाधिक उत्कृष्ट ब्याटिङ गर्ने सूचीमा भारतीय टोली पनि पर्छ । भारतले २००७ मा दक्षिण अफ्रिकामा भएको खेलमा इङ्ल्यान्डविरुद्ध २१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
भारतले २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।