परिचयपत्र विनाका मानिसलाई घर–कोठा भाडामा नदिन सरकारको आग्रह

सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा वा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । विदेशी नागरिक सीमानाकाबाट घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि सरकारले यस्तो आग्रह गरेको हो । 

गृह मन्त्रालयले ११ जना अफगानी नागरिक ‘शरणार्थी’ बनेर भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं आएर लुकिछिपी बसेको थाहा भएपछि कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न सार्वजनिक अपिल गरेको हो ।

परिचयपत्र विनाका कसैलाई पनि काममा नलगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १८:५४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया