नेपाल बारको निष्कर्षः प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेका छन् ।

सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि भए पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको हो ।

जबराले राजीनामा दिएर निकास निकाल्लु पर्ने निष्कर्ष आफूहरुले निकालेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

बारका पदाधिकारी बैठकले प्रधानन्यायाधीश जबराले राजीनामा दिए मात्र अहिले न्यायालयमा देखिएको गतिरोध अन्त्य हुने निष्कर्ष निकालेका हुन् ।

बारले मंगलबारका लागि सल्लाहकार समितिको बैठक आव्हान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारीको सहभागिता हुनेछ । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १९:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया