लमजुङ जिल्लाको पश्चिमी भेगमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाकाे खुदीबजार भएर ४.१ रेक्टरकाे भूकम्प गएकाे हाे ।
स्थानीयका अनुसार सोमबार साँझ साढे ८ बजे भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको थप विवरण आउन बाँकी छ ।
२०७२ सालमा गोरखा केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पपछि पश्चिम नेपालका जिल्लाहरुमा सानाठूला भूकम्पका धक्का महसुस भइरहेका छन् ।
कतिपय यी धक्का परकम्प भएको भनिएको छ भने कतिपय नयाँ भूकम्प भएको भूकम्प मापन विभागले जनाउने गरेको छ ।
An earthquake of Ml 4.1 occurred around khudi Bazar of Lamjung district at 20:30. NEMRC/DMG@NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) October 25, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।