कांग्रेस महाधिवेशनको कार्यतालिका पाँचौँपटक संशोधन हुँदै

तयारी नपुगेको भन्दै नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका पाँचौँपटक संशोधन हुने भएको छ। 

मंगलबार दिउँसो संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन समितिका पदाधिकारीसहित कांग्रेस पदाधिकारी बैठक बसेको थियो । बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा तय गरिएको महाधिवेशनको तालिका संशोधन गर्न प्रस्ताव गरेका हुन् । 

बैठकमा निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने बताएका थिए। घिमिरेले पार्टीले सहयोग गरे मात्र मंसिरभित्रै महाधिवेशन गर्न सकिने बताए।

त्यसपछि सभापति देउवाले मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका थिए।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १९:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया