पाकिस्तानको जितमा खुसी मनाउने शिक्षिकालाई जागिरबाट निकालियो

टि–२० विश्वकप क्रिकेटमा भारतलाई पाकिस्तानले हराएकोमा खुसी व्यक्त गर्ने एक शिक्षिकालाई जागिरबाट निकालिएको छ । 

राजस्थानको उदयपुरकी ती शिक्षिकालाई निष्कासन गरेर उनीविरुद्ध एफआईआर दर्ज गरिएको छ । यस्तै जोधपुरमा दुई युवकमाथि पनि एफआईआर दर्ज भएपछि पक्राउ गरिएको छ । 

उदयपुरको एक निजी स्कुलकी शिक्षिकाले ह्वाट्सएपमा पाकिस्तानी खेलाडीको तस्बिर राख्दै ‘जित्यो, वि वन’ लेखेकी थिइन् । 

स्कुलका एक विद्यार्थीका बाबुले शिक्षिकाको स्टाटस देखे र उनले शिक्षिकालाई पाकिस्तानको समर्थन गरेको हो ? भनेर सोधे । 

ती शिक्षिकाले उत्तर दिइन्–‘हो’ । शिक्षिका नसिता अटारीको सोही च्याट र स्टाटस स्क्रिनशट एक स्थानीय च्यानललाई उपलब्ध गराएपछि एफआईआर दर्ज भएको हो । 

त्यसलगत्तै स्कुलले उनलाई जागिरबाट निष्काशन गरेको थियो । 



स्कुलबाट जारी पत्रमा भनिएको छ, ‘नीरजा मोदी स्कुलकी शिक्षिका नसिफा अटारीलाई सोजतिया च्यारिटेबल ट्रस्टको बैठकको निर्णयअनुसार तत्काल स्कुलबाट निष्काशित गरिएको छ ।’ 

प्रहरीले मंगलबार एफआईआर दर्ज भएको र घटनाबारे जाँच भइरहेको जनाएको छ । 



नीरजा मोदी स्कूलनीरजा मोदी स्कूल

  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार ८:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया