५–११ वर्षका बालबालिकालाई फाइजरको खोप लगाउन अनुमति

अमेरिकी सरकारको एक समितिले ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउनका लागि फाइजरको पक्षमा आफ्नो निर्णय दिएको छ । 

अमेरिकी नियामक निकाय एफडीए (फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन) ले यो निर्णयको समर्थन गरेको छ ।

अब बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको स्वीकृति आवश्यक छ ।

२ नोभेम्बरसम्ममा यस विषयमा पनि निर्णय आउने विश्वास गरिएको छ । २ नोभेम्बरमा स्वीकृति पाएमा त्यसको भोलिपल्टदेखि बालबालिकामा खोप सुरु गरिनेछ ।

अमेरिकामा यसअघिदेखि नै ५–१२ वर्षका बालबालिकालाई खोप दिइरहेको छ । सेप्टेम्बरमा कम्पनीले परीक्षणबाट बच्चाका लागि खोप सुरक्षित रहेको पत्ता लागेको उल्लेख गरेको थियो । फाइजरको खोपलाई १२ वर्षमाथिका किशोर किशोरीलाई लगाउन यसअघि नै मान्यता प्राप्त भइसकेको छ । 

सोमबार मोडेर्नाले पनि आफ्नो खोप बालबालिकामा एन्टीबडी विकसित गर्न सक्षम रहेको र परीक्षणको तथ्यांक नियामक निकायमा प्रस्तुत गरिने जनाएको थियो । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार ९:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया