बागमतीकी मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने तयारी गरेकी छन् । 

उनले प्रदेशसभामा राखेको विश्वासको मतमाथि आजै मतविभाजन हुँदैछ । त्यसअघि नै उनले राजीनामा दिने तयारी गरेकी हुन् । 

गत १ भदौमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य एमाले विभाजनसँगै अल्पमतमा परेकी छन् । 

बागमतीमा विपक्षी गठबन्धनको बहुमत रहेका कारण उनले विश्वासको मत पाउने सम्भावना छैन । 

शाक्यले प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेकी हुन् । 
 





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १३:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया