आइसिसी वरीयतामा कुशलको ३ स्थान सुधार

नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले आइसिसी टि-२० वरीयतामा ब्याटिङतर्फ सुधार गरेका छन् ।

आइसिसीले मंगलबार सार्वजनिक गरेको वरीयता अनुसार भुर्तेल ३ स्थान सुघार गर्दै ५७ औं स्थानमा उक्लिएका हुन् । यसअघि उनी ६०औं स्थानमा थिए ।

ब्याटिङतर्फ नेपालका पूर्वकप्तान पारस खड्का भने ९५औं स्थानमा झरेका छन् । यसअघि उनी ९१ औं स्थानमा थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल पनि दुई स्थान तल झर्दै ९७औं स्थानमा पुगेका छन् । उनी यसअघि ९५औं स्थानमा थिए ।

बलिङतर्फ सन्दीप लामिछाने १० स्थान तल झर्दै ८८औं स्थानमा पुगेका छन् । यस अघि उनी ७८औं स्थानमा रहेका थिए ।

नेपाल वरीयताको १४औँ स्थानमा यथावत छ ।  





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १७:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया