कांग्रेस महाधिवेशनको नयाँ मिति : मंसिर २७ देखि ३० सम्म

सत्तारुढ दल नेपाली कांग्रेसले १४ महाधिवेशनको कार्यतालिका पाचौँपटक सारेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले नयाँ तालिका प्रकाशन गर्दै आगामी मंसिर २७ देखि ३० गतेसम्मलाई महाधिवेशनको मिति तोकेको छ । 

निर्वाचन समितिले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने र ३० गते पालिका अधिवेशन हुने जनाएको छ । ६४ जिल्लामा भने वडा र पालिकाका अधिवेशन सम्पन्न भइसकेका छन् । 

१३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँकेमा वडा अधिवेशन हुन बाँकी छ । रसुवा बारा र रौतहटमा त क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १८:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया