चिकित्सकको लाइसेन्सका लागि लिखितसँगै प्रयोगात्मक परीक्षा दिनुपर्ने

नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अब लिखितपछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा पनि दिनुपर्ने भएको छ।

अबदेखि काउन्सिलले एमबिबिएस र बिडिएसपछि लिइने लाइसेन्स परीक्षामा लिखितसँगै प्रयोगात्मक (सीप परीक्षण)सम्बन्धी परीक्षा पनि लिने व्यवस्था गरेको हो।

प्रयोगात्मक परीक्षाको लागि काउन्सिलले कार्यविधि समेत बनाइसकेको छ। 

काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीले  अबदेखि एमबिबिएसपछि लिइने लाइसेन्स परीक्षामा लिखित पास भएपछि र उत्तीर्ण भएकाले पुनः प्रयोगात्मक परीक्षा दिनुपर्ने बताए । 

काउन्सिलले अहिलेसम्म लिखित मात्रै लिदै आएको छ। काउन्सिलको प्रयोगात्मक अभ्यासका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानसँग सम्झौता गर्न लागेको हो ।

काउन्सिलले एक पत्रकार सम्मेलन गर्दै २ वर्षभित्र गरेको काम समेत सार्वजनिक गरेको छ।
 





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार २०:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया