एमाले छाडेर नेकपा पुनर्गठन गर्ने प्रभु साहको तयारी

माओवादी केन्द्र छाडेर नेकपा एमालेतिर लागेका नेता प्रभु साहले एमाले पनि छाड्ने भएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले ८ बुँदे माग पूरा नगरेको भन्दै असन्तुष्ट बनेका साहले अब केही दिनभित्र पुनर्गठित नेकपाको केन्द्रीय कमिटी घोषणा गर्ने तयारी गरेका छन्। 

नेकपा नै ब्युँताउने निर्णयमा पुगेका साहले आफ्नो अध्यक्षतामा उनले ५१ सदस्यीय केन्द्रीय सदस्यको सूचीसमेत तयार पारिसकेको बताइएको छ । 

बुधबार ओलीले साहलाई आफ्नै निवास बालकोट बोलाएर एमाले नछाड्न आग्रह गरेका थिए । जवाफमा साहले आफू नेकपा पुनर्गठनका लागि अघि बढिसकेकाले एमालेमा रहन नसक्ने बताएका थिए ।   





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार २०:२७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया