बैतडीमा डुंगा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता
फरकधार / १० कात्तिक, २०७८

बैतडीको नेपाल–भारत सीमा नदी महाकालीमा डुंगा पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका–१ को खाँडघाटबाट पारी भारत जान लागेका १० जना सवार डुंगा पल्टिएको हो । डुंगा पल्टिँदा मृत्यु हुनेमा एक बालिका रहेकी छन् । बेपत्ता हुनेमा बालक रहेका छन् । मृतक र बेपत्ता भएका दुवैको परिचय खुल्न सकेको छैन । 

डुंगामा सवार रहेका अन्य आठजना भने पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । साँझ ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बेपत्ताको खोजी कार्य जारी रहेको उनले बताए ।



उक्त डुंगामा पाँचजना चालक र पाँचजना यात्रु सवार रहेकोको बताइएको छ । डुंगा नदी पारी पुग्नै लाग्दा दुर्घटना भएको हो । 



भारतमा बस्दै आएका व्यक्तिहरू दशैँ मनाएर फर्किँदै गर्दा डुंगा दुर्घटना भएको हो । बैतडीका एक दर्जनभन्दा बढी घाटहरूबाट महाकाली नदीमा डुंगाबाट ओहोरदोहोर गरिन्छ ।

  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार २१:१५:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया