विवेकशील साझाको पाण्डे समूह एकीकृत समाजवादीमा प्रवेश गर्ने

विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने तयारी गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग बुधबार भएको भेटवार्तामा पाण्डेको टोलीलाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।

नेपाल निवासमा भएको भेटवार्तामा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्ट सहभागी थिए । उनीहरुबीच एक घण्टा लामो कुराकानी भएको थियो । 

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि संयोजक पाण्डेको समूहले विकल्पको खोजीमा नेपालसँग भेटवार्ता गरेको हो । 

सो समूहले यसअघि जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि छलफल गरेको थियो । 

आजको भेटमा माधव नेपालले मिलेर अगाडि बढौं भन्ने प्रस्ताव राखेको र त्यसलाई आफूहरुले सकारात्मक रुपमा लिएको विवेकशील साझाका नेता केशव दाहालले बताए । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार २१:३०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया