बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त

स्पेनिस क्लब बार्सिलोनाले आफ्नो मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ ।

यो सिजन खराब लयबाट गुज्रिरहेको बार्सिलोनाले गए राति रायो भाल्कानोसँगको पराजयपछि कोम्यानलाई बर्खास्त गरेको हो ।

कोम्यान सन् २०२० मा एनरिक सेटियनको स्थानमा बार्सिलोनाको मुख्य प्रशिक्षक बनेका थिए ।
कोम्यानले प्रशिक्षकका रूपमा क्लबलाई कोपा डेल रेको उपाधि दिलाएका थिए । गत सिजन बार्सिलोना लिगमा तेस्रो स्थानमा थियो ।

बार्सिलोना यो सिजनको सुरुवाती १० खेलमा ४ जित तथा समान ३ हार र बराबरीको नतिजासहित १५ अंक जोडी नवौं स्थानमा छ । क्लबले च्याम्पियन्स लिगमा पनि सुरुवाती ३ खेलमा २ पराजय बेहोरी सकेको छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ७:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया