टि-२० विश्वकप : लगातार दोस्रो जितको लक्ष्यमा अस्ट्रेलिया र श्रीलंका
फरकधार / ११ कात्तिक, २०७८

आइसिसी टि-२० विश्वकप अन्तर्गत बुधबार सुपर १२ अन्तर्गत बिहीबार एक मात्र खेल हुँदैछ ।



समूह ‘१’को खेलमा अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार राति पौने आठ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

एक अर्काविरुद्ध मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य लगातार दोस्रो जित निकाल्ने हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिका तथा श्रीलंकाले बंगलादेशलाई समान ५ विकेटले पराजित गरेका थिए। 



टि-२० विश्वकपमा हालसम्म यी दुईले ३ खेलमा एक अर्काको सामना गर्दा अस्ट्रेलिया २ र श्रीलंका १ खेलमा विजयी भएका छन् ।



सन् २००७ को विश्वकपमा अस्ट्रेलिया १० तथा २००९ मा श्रीलंका ६ विकेटले विजयी भएका थिए । सन् २०१० मा भएको पछिल्लो खेल अस्ट्रेलियाले ८१ रनले  आफ्नो पक्षमा पारेको थियो ।  
 

  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ९:३९:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया