बागमती प्रदेशले आज तेस्रो मुख्यमन्त्री पाउँदै छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई बागमतीले मुख्यमन्त्री पाउने भएको हो ।
प्रदेश प्रमुखको कार्यालयमा उनले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि बुधबार दाबी पेस गरिसकेका छन् ।
उनी दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बन्ने भएका हुन् । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ ।
उनलाई समर्थन गर्ने सांसदको संख्या ५९ हो । तर, बहुमतका लागि आवश्यक सांसद संख्या ५५ हो ।
एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि पाण्डेको मुख्यमन्त्रीका लागि दाबी पेस भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।