पाकिस्तानको जितमा खुसीयाली मनाएमा देशद्रोहको मुद्धा चलाउँछौंः योगी आदित्यनाथ

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतविरुद्ध पाकिस्तानले आइसीसी टि–२० विश्वकपमा निकालेको जितको खुसियाली मनाउनेहरूमाथि देशद्रोहको मुद्दा चलाइने बताएका छन् । 

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आईतबार पाकिस्तानले भारतमाथि १० विकेटको जित निकालेको थियो । 

उक्त खेलमा पाकिस्तानको जितको खुसियाली मनाउनेहरूलाई देशद्रोहको कानून लगाउने आदित्यनाथले चेतावनी दिएका हुन् । 

पाकिस्तानको जितमा खुसियाली मनाएको आरोपमा बुधबार आग्राबाट तीन जना कश्मीरी विद्यार्थीलाई पक्राउ गरिएको छ । 

उनीहरु अध्ययनरत इन्जिनियरिङ कलेजले समेत उनीहरुलाई कलेजको होस्टलबाट निलम्बन गरेको भारतीय सञ्चार माध्यममा उल्लेख गरेका छन् । 

उत्तर प्रदेश प्रहरीले पनि खुसियाली मनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १३:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया