जापानले दियो ११४ वटा अक्सिजन जेनेरेटर

जापानले नेपाललाई कोरोना महामारी विरुद्ध लड्न थप ११४ वटा अक्सिजन जेनेरेटर उपलब्ध गरेको छ । 

काठमाडौंस्थित जापानी दूतावासका उपनियोग प्रमुख योशिओका युजोले ती अक्सिजन जेनेरेटर बिभिन्न अस्पताललाई हस्तान्तरण गरेको जनाएका छन् । नेपाली जनताको जीवन रक्षाको लागि उक्त सहयोग गरिएको दूतावासले जनाएको छ । 

जापानले कोरोना महामारी विरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग गर्दै आइरहेको छ । कोरोना महामारी सुरु भएयता जापानले २५ वटा ब्लड ग्याँस एनलाइजर, २५ वटा पोर्टेबल अल्ट्रासाउण्ड, ६ वटा एम्बुलेन्स र २७४ अक्सिजन जेनेरेटर नेपाललाई उपलब्ध गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १३:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया