माछा मार्ने विषयमा फ्रान्स र बेलायतबीच बढ्यो विवाद, फ्रान्सले भन्यो– अब शक्तिको प्रयोग गर्नुपर्छ

माछा मार्ने अधिकारलाई लिएर युरोपका दुई शक्ति राष्ट्र फ्रान्स र बेलायतबीच विवाद बढेको छ । विवादकाबीच फ्रान्सले बेलायतको एउटा माछा मार्ने पानी जहाजलाई कब्जामा लिएको छ । 

बेलायत युरोपेली संघ (इयू)बाट बाहिरिने निर्णय गरेसँगै दुई देशबीच समुद्री माछा मार्ने विषयमा विवाद बढेको हो । 

फ्रान्सका युरोप मामिला हेर्ने मन्त्री क्लेमो बेनोले सीन्यूज टेलिभिजनसँग कुरा गर्दै जबसम्म बेलायतले फ्रान्सलाई माछा मार्ने लाइसेन्स दिँदैन तबसम्म बेलायती माछा मार्ने बोटहरूलाई माछा मार्न नदिने स्पष्ट पारेका छन् । 

‘हामीले अहिलेसम्म संवादको बाटो रोजेका थियौं । यो बीचमा हामीलाई आधा मात्र अधिकार मिलेको छ । त्यसैले अब शक्तिको भाषा प्रयोग गर्नुपर्ने छ किनकी बेलायत सरकारले सायद यही भाषा बुझ्छ,’ बेनोले भने । 

बेलायतले भने फ्रान्सको उक्त धम्कीलाई ‘निराशाजनक’ भनेको छ । 

फ्रान्सले आगामी नोभेम्बर २ सम्म माछा मार्ने विषयमा बेलायतसँग कुनै सम्झौता नभए बेलायती डुंगाहरुमा कडा निगरानी बढाउने बताएको छ । फ्रान्सले सम्झौता नभए बेलायत र फ्रान्सलाई जोड्ने समुद्री सुरुङ मार्गबाट हुने उर्जा आपूर्तिमा समेत असर पर्नसक्ने धम्की दिएको छ । (बिबीसी)





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १५:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया