कोरोना संक्रमण बढेसँगै मस्कोमा लकडाउन

कोरोना संक्रमितको संख्या बढेसँगै रुसको राजधानी मस्कोमा फार्मेसी र सुपरमार्केट बाहेक अरू सम्पूर्ण सेवा बन्द गरिएको छ ।

हिजो मात्र रुसमा १ हजार १९१ जना संक्रमितले ज्यान गुमाएका थिए भने ३५ हजार ५७५ जनामा संक्रमण पुष्टि भएकाे थियाे । अहिले रुस यूरोपमा सबैभन्दा धेरै प्रभावित मुलुक बनेको छ । अस्पताल संक्रमितले भरिएका छन् र डाक्टरहरू अधिकांश संक्रमितलाई खोप नलगाइएको आरोप लगाएका छन् ।

मस्कोको एक अस्पतालका डाक्टरले भने, ‘हाम्रो अस्पताल पूर्ण रूपमा भरिएको छ । हरेक दिन करिब १० प्रतिशत बिरामी डिस्चार्ज भइरहेका छन् । र, करिब उत्तिकै बिरामी दिनकै भर्ना भइरहेका छन् । यस पटक पहिलो लहरको तुलनामा धेरै संक्रमित आइरहेका छन् ।’

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार रुसमा हालसम्म २ लाख २९ हजार ६७२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १५:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया