बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए सपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेसँगै नयाँ मन्त्रीहरुले पनि सपथ लिएका छन् ।

प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित समारोहमा उनीहरुले सपथ लिएका हुन् । पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ खुवाएका हुन् ।

उनीसँगै बागमतीमा मन्त्रिमण्डल पनि विस्तार भएको छ । 

बिहीबार नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद खनालले पनि मन्त्री पदको सपथ लिएका छन् ।

भँडेल अब बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री बनेका छन् । मोक्तान सामाजिक विकास र खनाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

बागमती प्रदेशमा बहुमत पुर्याउन नसकेपछि यसअघि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएकी थिइन् ।



प्रदेशमा गठबन्धनका दलहरुको समर्थनमा पाण्डेले बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । एमालेबाट फुटेर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीमा अहिले १३ सांसद रहेका छन् ।

यसअघि भएको सहमतिअनुसार अब पाण्डे प्रदेशमा ६ महिनाका लागि मुख्यमन्त्री हुनेछन् । त्यसपछि नेपाली कांग्रेसले मुख्यमन्त्री पाउने सहमति यी दुई दलबीच भइसकेको छ ।




  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १६:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया