जम्मु काश्मिरमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

जम्मु काश्मिरको डोडा जिल्लामा बिहीबार एक मिनी बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

प्रहरी अधिकारीका अनुसार बस डोडाबाट ठथरी जाने क्रममा सुइ गौरी इलाकामा दुर्घटना भएको हो।

आठ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पताल लैजाने क्रमममा बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइतेमध्ये सात जनाको जम्मुको सरकारी मेडिकल कलेज(जिएमसी) मा उपचार भइरहेको छ भने अन्यलाई डोडाको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । यसका साथै मोदीले घाइतेलाई ५० हजार रुपैयाँ पनि दिने घोषणा गरेका छन् ।
 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १७:८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया