१४ वर्षीया किशोरी बलात्कृत, अवस्था गम्भीर

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका–१ की अन्दाजी १४ वर्षिया बालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– १४ को बाँकेज्युलामा बलात्कृत भएकी हुन् । 

बलात्कृत बालिकाको अवस्था गम्भीर भएको उनको उपचारका नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । 

बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राती ८ बजेतिर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले बताए । 

बालिका अचेत अवस्थामा फेला परेको र अत्यधिक रक्तस्राव भइरहेको प्रहरी निरीक्षक शर्माले बताए । नगर अस्पतालमा थप उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

बालिकाको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानबाट बलात्कार भएको देखिएको प्रहरी निरीक्षक शर्माको बताए । 

१४ वर्षाीया बालिकालाई बाँकेज्युलाका २६ वर्षीय झलक जैसीले बलात्कार गरेको र उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 



पीडित बालिकाका बुबाले इलाका प्रहरी कार्यालय राडीमा ठाडो उजुरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १८:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया