गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय अध्यक्षको भेलामा पत्रकारमाथि गरिएको दुरव्यवहारप्रति आयोजकले क्षमा मागेका छन् ।
राष्ट्रिय समन्वय परिषद् (एनसिसी)हरुको पहिलो विश्व भेला आयोजक समितिको तर्फबाट एक विज्ञप्ति जारी गर्दै क्षमायाचना गरिएको हो । भेलाको निष्कर्ष सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अमेरिका प्रवक्ता तोया दाहालले उत्पन्न परिस्थितिप्रति दुःख लागेको बताए ।
बिहीबार जारी विज्ञप्तिमा एनआरएनए स्वतन्त्र पत्रकारिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै भनिएको छ , ‘पत्रकारहरुको प्रश्न गर्न, आलोचना गर्न, टीका टिप्पणी गर्न पाउने अधिकारको हामी सधैँ सम्मान गर्दछौँ।’
गैरआवासीय नेपाली संघ इतिहासकै कठिन मोडमा उभिएको भन्दै वर्तमान संकटबाट निकास दिन सदाझैँ पत्रकार साथ, सहयोग, सुझाब एवं सल्लाह प्राप्त भइरहने विश्वास विज्ञप्तिमा गरिएको छ ।
गैरआवासीय नेपाली संघ अमेरिकाको पहलमा आइतबार सम्पन्न भेलामा सहभागी अध्यक्षहरुले आफ्नो अनुकूल समाचार नलेख्ने पत्रकारलाई ठेगान लगाईदिने धम्की दिएका थिए ।
पत्रकारमाथि भएको दुर्व्यवहारप्रति चर्को आलोचना भएपछि आयोजकले बिहीबार क्षमा मागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।