म पदको लोभी होइन तर राजीनामा दिन्नँः प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू पदको लोभी नभएको बताएका छन् । 

उनले अहिले आफूले राजीनामा नदिने बताएका छन् ।

‘म संविधानको इमान्दार पदाधिकारी हुँ,’ उनले भनेका छन्, ‘मलाई संविधानले नै यो पदमा ल्याएको छ । संविधानको विधिबाट आयो भने महाभियोग लाग्यो भने छोड्छु ।’

उनले आफू पदको लोभी नभएको भन्दै राजीनामा दिन अहिले तयार नभएको बताएका छन् ।

प्राइम टाइम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै जबराले यस्तो बताएका हुन् ।

‘राजीनामा मात्र निकास हो भन्ने सोच्नु भएको छ भने अरुले पनि सोच्नुस् भन्ने कुरा हो,’ जबराले भनेका छन् ।






  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार २२:७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया