टि-२० विश्वकप : अस्ट्रेलिया लगातार दोस्रो खेलमा विजयी

आइसिसी टि-२० विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । उसले सुपर १२ को समूह‘१’अन्तर्गत बिहीबारको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे ।

अस्ट्रेलियाको जितमा डेभिड वार्नरले ६५ रनको अर्धशतकीय पारी खेले । १५औं ओभरको अन्तिम बलमा दासुन सनकाले भानुका राजापाक्षेबाट क्याच गराउनुअघि उनले ४२ बलमा १० चौका प्रहार गरे ।

कप्तान आरोन फिन्चले ३७ रन जोड्दा स्टिभ स्मिथ २८ तथा मार्कुस स्टोनिस १६ रनमा अविजित रहे ।

श्रीलंकाका वानिन्दु हसरंगाले २ तथा दासुन सनकाले १ विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।



श्रीलंकाका लागि कुशल परेरा र चारिथ अस्लंकाले समान ३५ रन बनाए । भानुका राजापाक्षे ३३ रनमा अविजित रहँदा कप्तान दासुन सनकाले १२ रन बनाए ।  

अस्ट्रेलियाका मिचेल मार्श,प्याट कमिन्स र एडम जाम्पाले २/२ विकेट लिए ।



यो जितसँगै अस्ट्रेलिया २ खेलमा ४अंक जोडेर समूह ‘१’को दोस्रो स्थानमा उक्लिएको छ । उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो ।  

प्रतियोगितामा श्रीलंकाको यो पहिलो हार हो । उसले पहिलो चरणका तीनै खेल तथा सुपर १२ अन्तर्गत बंगलादेशविरुद्धको पहिलो खेलमा जित हात पारेको थियो । 

श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । उ २ अंक जोडेर चौथो स्थानमा छ । 

  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार ७:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया