रुसमा कोरोना संक्रमण बढेपछि आंशिक लकडाउन

रुसमा कोरोना भाइरसको संक्रमण बढेपछि रुसमा आंशिक लकडाउन गरिएको छ । रुसमा पछिल्लो समयमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । 

रुसमा पहिलोपटक ४० हजारभन्दा बढीमा कोरोना संक्रमण पाइएको छ । कोरोनाबाट रुसमा लगातार तेस्रो दिन १ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । 

देशमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कडा प्रतिबन्ध लगाइएको हो । जसअनुसार अत्यावश्यक सेवाका पसलमात्रै खुला रहनेछन् । 

शनिबारदेखि रुसभरका मजदुरलाई नौ दिनसम्म बिदा दिइएको छ । रुसमा एक तिहाईले खोप लगाइसकेका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार ७:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया