पाकिस्तान भर्सेस अफगानिस्तान : प्लेयर्स टु वाच

आइसिसी टि-२० विश्वकप सुपर १२ को समूह ‘२’अन्तर्गत आज दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने आठ बजे हुने खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ ।

एक अर्काविरुद्ध मैदान उत्रिँदा पाकिस्तान लगातार तेस्रो तथा अफगानिस्तान दोस्रो जितको खोजीमा हुनेछन् । 

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० र दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दा अफगानिस्तानले स्कटल्यान्डमाथि १३० रनको जित हात पारेको थियो ।
 
टि-२० विश्वकपमा यी दुईले पहिलोपटक एक अर्काको सामना गर्दैछन् । पछिल्लो समय लयमा देखिएका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ ।

प्लेयर्स टु वाच

हरिस राउफ (पाकिस्तान)

दायाँ हाते मध्यमगतिका बलर हरिस रउफ जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएका छन् । उनले सुरुवाती २ खेलमा ८ ओभर बलिङ गर्दा ४७ रन खर्चिएर ५ विकेट हात पारेका छन् ।  उनले भारतविरुद्ध ४ ओभर बलिङ गर्दा २५ रन खर्चिएर १ विकेट हात पारेको थिए ।



न्युजिल्यान्ड विरुद्ध ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट हात पारेका रउफ ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए । उनी अफगानी ब्याटरका लागि पनि घातक बन्न सक्छन् । रउफले पाकिस्तानका लागि २५ टि-२० अन्तर्राष्ट्रिय खेल खेल्दा ३३ विकेट हात पारेका छन् ।

मुजिब उर रहमान  (अफगानिस्तान)



स्पिनर रहमानले जारी विश्वकपको पहिलो खेलमै स्कटल्यान्ड विरुद्ध ५ विकेट  लिँदै उत्कृष्ट सुरुवात गरेका थिए ।

स्कटल्यान्ड विरुद्ध ‘प्लेयर अफ द म्याच चुनिएका’ रहमानले ४ ओभरमा २० रन खर्चेका थिए । उनले अफगानिस्तानका लागि २० टि-२० अन्तर्राष्ट्रिय खेलमा ३० विकेट हात पारेका छन् । 
रहमान आज पाकिस्तानी ब्याटरका लागि प्रमुख समस्या बन्न सक्छन् । 

  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार १३:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया