सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकमाथि दले कालोमोसो

सिके राउतका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकमाथि कालोमोसो दलेका छन् । धनुषाको फकिर चन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई जनकारवाही भन्दै कालोमोसो दलेका हुन् । 

उक्त विद्यालयका सिके राउत नेतृत्वको विद्यार्थी संगठनले विगत चार दिनदेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएको छ । उनीहरूले आन्दोलनकैबीच मोटरसाइकलमा गएरहेका बेला प्रधानाध्यापक साहमाथि कालोमोसो दलेका हुन् । 

कार्यकर्ताहरूले नियमित पठन-पाठन हुनुपर्ने र शिक्षकको व्यवस्थापन हुनुपर्ने, शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरूले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामग्रीहरू विद्यालयमा राख्नुपर्ने, विद्यालय सुधारका लागि सरोकारवालाहरूको वृहत भेला गरी अन्य विषयहरूमा निर्णय लिनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार १३:५२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया