हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ महाशाखाले जनाएकाे छ । प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।