डोल्पाका आठमध्ये छ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

हिमाली जिल्ला डाेल्पाका आठवटा स्थानीय तहमध्ये छवटा स्थानीय तहमा नेकपा एमालेले अधिवेशन सम्पन्न गरेको छ ।

छवटै स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा, गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेकाे हाे ।

त्रिपुरासुन्दरी नगरपालिकाले ११ वटै वडा र नगरमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा तथा नगर अधिवेशन सम्पन्न गरेको छ ।

यस्तै ठूलीभेरी नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

भाेलि आइतबारसम्म नगर अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको नेकपा एमाले डोल्पाले जनाएको छ ।

त्यसैगरी मुड्केचुला,जगदुल्ला,शे-फोक्सुण्डो र काइके गाउँपालिका पनि वडा तथा गाउँ अधिवेशन सम्पन्न भएको नेकपा एमाले डोल्पाका कार्यवाहक अध्यक्ष तुलाचन्द्र बुढाले जानकारी दिए ।



सबै नेतृत्वहरू सर्वसम्मत रूपमा चयन गरिएको उहाँकाे भनाइ छ ।

डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा वडा अधिवेशन हुँदै गरेकाले अब छिट्टै गाउँ अधिवेशन पनि सम्पन हुने बुढाको बताए ।



  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार ८:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया