सभामुख सापकोटा संसदीय प्रणालीकै कलंक : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिएका छन् ।  

उनले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसदमा पाइला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेताकार्यकर्तालाई निर्देशनसमेत दिए । 

नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले सभामुख सापकोटाले सभामुखको गरिमा मात्रै नराखेको नभइ संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भीर आरोपसमेत लगाए । 

उनले एमालेविरुद्धको षड्यन्त्र सामेल भएर आफ्नो सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जलि दिएको समेत दाबी गरे । 

‘अग्नि सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरि निर्वाचित भएर संसदमा पाइला टेक्न पाउनुहुन्छ? उनी कलंक हुन संसदीय व्यवस्थाका । सभामुखको गरिमाको त कुरै छोडौं । कुनै मर्यादा छैन,’ अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेविरुद्धको षड्यन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा त्यो सबै कुरालाई बिर्सिएर तिलाञ्जलि दिएर आफू सरकारमा हुँदा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने । अनुपस्थित भएर संवैधानिक परिषद्मा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन् ।’ 

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई देश बर्बाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रूपमा चित्रण पनि गरे ।  





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १८:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया