गठबन्धन भत्काउन विभिन्न शक्ति लागिपरेका छन्, तर हामी निर्वाचनसम्म लैजान्छौँ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले  पाँच दलको गठबन्धनको बलबाट प्रतिगामी प्रवृत्तिलाई परास्त गरिएको बताएकी छिन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको जिल्ला शाखाको पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको प्रस्ट पारिन् । 

जनता र अग्रगमनकारी शक्तिको सहयोगबाट प्रतिगमन परास्त भएको उल्लेख गर्दै उनले भनिन्, ‘अझै प्रतिगामी षड्यन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ ।’ गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्ने दाबी गर्दै उनले भनिन्, ‘गठबन्धन भत्काउन विभिन्न शक्ति लागिपरेका छन्, तर हामी सचेत छौँ, निर्वाचनसम्म गठबन्धनलाई लैजान्छौँ ।’

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले जनताको पक्षमा निर्वाध ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह  गरे । नेपालको राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण भएको उनको भनाइ छ ।   

अधिवेशनबाट समग्र पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको कार्यसमिति चयन भएको छ । पत्रिका शाखाको अध्यक्षमा अम्बिका पौडेल, रेडियोको अध्यक्षमा हरि दुलाल, टेलिभिजनको अध्यक्षमा रवीन्द्र पौडेल र अनलाइनको अध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १९:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया